राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कालिकोट ले आज स’हिद परिवार लाई सम्मान गर्दै स’हिद सप्ताहको समापन गरेको छ ।
कालिकोट एरिया न ५ को नाईबाडामा स’हिदहरुको सम्मान सहित समापन गरिएको छ । एरिया ईन्चार्ज वसन्तको सभापतित्व र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा अन्य जनबर्गिय संगठनका नेताहरु को उपस्थिती मा सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा स्थानिय कलाकार्हरुले देउडा प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रणदिपले प्रचण्डले धोका दिए जस्तै आफ्नो पार्टीले जस्तो सुकै चुनौती सामना गरेर पनि धोका नदिने प्रतिबद्दता ब्यक्त गरेकाछन । साथै दुई तिहाई कम्युनिष्ट सरकार ले स’हिद को ठूलो अपमान गरेको जस्का कारण मृ’तकको नाममा रा’हात खाने प्रकृया मान्न बाध्य बनाएको नेता मन्त्री बनाउन संविधान संशोधन गर्न सकिने जनयु’द्दमा ब’लिदान गरेका स’हिद हरुलाई राष्ट्रिय स’हिद घोषणा गर्न कसले रोक्यो ? भनेर प्रश्न गरेकाछन

साथै स’हिद परिवार ले सुर्यमा भोट हाल्नका लागि रग’त बगेको होईन तपाईहरु हिम्मत नहा’र्नु हामी साथ दिन्छौ भनी सुझाब दिएकाछन । त्यसै गरि एरिया न ४ मा पनि सम्मान समापन कार्यक्रम भएको छ ।