राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बागलुङको प्रथम भेला सम्पन्न भएको छ ।
एक अज्ञात स्थलमा सम्पन्न भेला बाट असिम को अध्यक्षतामा मा १३ सदस्य जिल्ला कमिटी निर्माण भएको छ । उक्त भेलालाई युवा संगठन नेपाल का केन्द्रीय सदस्य एवम् धौलागिरी ब्युरो इञ्चार्ज भाष्कर मल्लले उद्घाटन गरेका थिए ।
उक्त भेलालाई सम्बोधन गर्दै भाष्कर मल्लले एकीकृत जनक्रा’ति मार्फत वैज्ञानिक समाजवाद छिट्टै आउने र त्यसको निम्ति निर्णायक ल’डाइँ को तयारीमा जुट्न युवाहरूलाई निर्देशन दिएको जनाएइएको छ । साथै युवा संगठन नेपालले स’हिद सप्ताहको कार्यक्रम पनि सम्पन्न गरेको छ ।