राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी ) मध्य कमान्डद्वारा बिद्यार्थी स’हिद प्रज्वल शाहिको बिशेष स्मरण गर्दै उनको परिवारलाइ सम्मान गरेको छ ।
जनयु’द्धका स’हिदहरुको स्मृतिमा मनाउने गरिएको स’हिद सप्ताहको समापनको दिन फागुन २१ गते राजधानी काठमाडौमा बिशेष कार्यक्रम गर्दै सम्पन्न गरेको छ । अखिल क्रा’न्तिकारीका केन्द्रिय नेता ललित बिश्वकर्माले ले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता केन्द्रिय उपाध्यक्ष तथा मध्य कमान्ड इन्चार्ज रुद्र भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रिय सचिवालयहरु सदस्य मिलन राई, लोकेन्द्र यश के, केन्द्रिय सदस्यहरु उषाकिरण,दर्शन लगायतको उपस्थिति रहेको क्रा’न्तिकारी स्रोतले जनाएको छ ।

उक्त कार्यक्रम मा बोल्दै उपाध्यक्ष रुद्रले स’हिदहरुका सपना कुनै पनि हालतमा पुरा गरेर छाड्ने र सदैब स’हिद परिवारको साथमा रहिरहने प्रतिबद्धता गरेकाछन । उनले एकीकृत जनक्रान्’तीका स’हिद प्रज्वलका परिवार लाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा स’हिद प्रज्वलले अध्यान गरेको कलेजले उनको परिवारलाइ बहिनी मार्फत ३० हजार प्रदान गरेको छ
को हुन प्रज्वल शाही ?
बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।
शाही अनेरास्ववियु क्रा’न्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।
सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रा’न्तिकारीको केन्द्रीय सदस्य समेत थिए ।
गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको नि’धनको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शो’कमा डुवेको छ ।