राजनीति
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रममा जु’त्ता प्र’हा’र गर्ने जुम्लाका र’त’न तिरुवा स’हि’द परिवारका सदस्य रहेको पुष्टि भएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले जु’त्ता प्र’हा’र गर्ने तिरुवाका बुवा मोहन तिरुवा २०५६ सालमा सुरक्षाकर्मीबाट मा’रिए’को पुष्टि भएको छ । फागुन १८ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका पूर्वप्रधानमन्त्री दाहाललाई तिरुवाले ताकेर जु’त्ता प्र’हा’र गरेका थिए । तर, सुरक्षाकर्मीको सावधानीका कारण प्र’हा’र गरिएको जु’त्ता’ले दाहाललाई लाग्न पाएको थिएन ।
यस्तै प्रहरीले ‘जु’त्ता प्र’हा’र कुनै योजनाबद्ध रुपमा हा’नि’एको पाइएन, आबेगमा आएर घ’ट’ना घटाएको पाइयो,’ एसएसपी थापाले भने, ‘उनका बुवा मोहन तिरुवाको २०५६ सालमा सुरक्षाकर्मीको कार’बाहीमा मा’रिए’को पनि पाइयो ।’ तिरुवा प्रति’बन्धित वि’प्लव नेकपा संग आबद्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।
जु’त्ता प्र’हार’को घटनापछि महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले थापाको संयोजकत्वमा काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छा’न’बिन समिति गठन गरेका थिए । समितिले बुधबार पोखरेललाई प्रतिवेदन बुझाएको छ । ५ पेजको प्रतिवेदनमा घ’ट’ना पूर्व निर्धारित नभएको उल्लेख छ ।
तर घटना भएकै दिन सत्तारुढ नेकपा जुम्लाले र’त’न तिरुवा प्रहरीको खोजीसूचीमा रहेका व्यक्ति भएको र उनी नेत्र’विक्रम चन्द वि’प्लव सग रहेको दाबी गरेको थियो । तर एसएसपी थापाले तिरुवा वि’प्लव नेकपासंग आबद्ध रहेको नभेटिएको बताए ।
तिरुवा आफ्ना २ दाजुका साथ डल्लुमा भाडामा बस्दै आएका छन् । उनी अमिनतर्फ लोकसेवाको तयारीमा रहेको पनि खुलेको छ । जुत्ता प्रहार लगत्तै तिरुवालाई प’क्रा’उ गरी प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अभद्र व्यवहारको कसुरमा हि’रास’तमा राखेर अनुसन्धान गरिरहेको छ ।
उनीमाथि कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार ज’रिवा’ना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । छिट्टै तिरुवा वि’रद्धको कसुरमा प्रशासनमा मु’द्दा दायर गरिने काठमाडौं परिसरले जनाएको छ । उनले केहिदिन अगाडि राष्ट्रिय सभागृहमा आयाेजित कार्यक्रममा प्रचण्ड लाई जुत्ता हानेका थिए ।