logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्र’तिबन्ध चिर्दै जाजरकोटीहरु खुल्ला जनसभा सम्पन्न


  • राजनीति
  • शनिबार, फाल्गुन २४ २०७६

बि’द्राेही नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तीब्र रुपमा सञ्चालन गरिरहेको छ ।

 

अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एक खुला सभा कार्यक्रम सम्पन्न गरेको छ । भेरी कर्णाली जनसांस्कृतिक परिवारको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रमको सभापति तथा एरिया न. १ का इन्चार्ज क. महानले गर्नुभएको थियो, भने कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रा’न्तिकारी)का केन्द्रिय सदस्य निर्मल अन्य अतिथिमा युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष विवश, अखिल (क्रा’न्तिकारी) जाजरकोटक अध्यक्ष विजय ले गरेका थिए । विद्यार्थी नेता समिपले संचालन गरेे । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले, वर्तमान दलाल सत्ताले जनताहरुलाई भ्रम मात्रै सृजना गरेर जनता लुट्ने र राष्ट्रघात गरेकाले दलालहरु विरुद्धको लडाइँमा एकजुट हुन आमजनताहरुलाई आह्वान गरेे  ।

नेताहरुले थप जोड दिँदै  वर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प जनताको व्यवस्था वैज्ञानिक समाजवाद नै भएको जिकिर गरेेेेका थिए । उक्त कार्यक्रममा जनताको उत्साहपुर्ण सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार