logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

विप्लवका बारा इन्चार्ज गिरफ्तार, अपराधीक उपद्रवमा मुद्दा दर्ता


  • राजनीति
  • मंगलबार, फाल्गुन २७ २०७६

प्र’तिब’न्धित नेत्रविक्रम चन्द वि’प्लवका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको प्रहरी टोलीले मकवानपुरका इन्द्रबहादुर परियार (नयन) लाई जितपुर बजारबाट पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका-१६ हटिया घर भएका परियार वि’प्लवका नारायणी ब्युरो सदस्यसमेत हुन। उनी बारा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए। परियारलाई सिमराल लगायतका एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए।

उनको साथबाट बा २७ प १९९१ नम्बरको मोटरसाइकल, ६ वटा मोवाइल, पार्टीसँग सम्बन्धित पर्चापम्प्लेट बरामद गरेको डिएसपी पुरीले बताए। परियारलाई अ’परा’धिक उपद्रव शिर्षकमा मु’द्दा दर्ता गरि अनुसन्धान थालिएको पुरिले जानकारी दिएका छन् ।

प्र’तिब’न्ध लगाए संगै वि’प्लवका करिव १६ सय बढी नेता कार्यकर्तालाइ प्रहरीले विभिन्न बाहानामा मु’द्दा चलाउने जे’ल पठाउने दुख दिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार