logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दैनन् ‘विप्लव’ , प्रहरीले पत्तो पाएकै छैन


  • राजनीति
  • बुधबार, फाल्गुन २८ २०७६

प्रहरीले अहिलेसम्म औपचारिक रूपमा विप्लवको विवरण सार्वजनिक गर्न सकिरहेको छैन । न त उनी रहेको स्थानबारे नै जानकारी दिन चाहन्छ । तर, अनौपचारिक रूपमा भने पार्टी प्रति’बन्ध भएपछि विप्लव नेपाल र भारतको सीमाक्षेत्रमा बस्दै आएको प्रहरीको उच्च अधिकारी दाबी गरेको भएता पनि नेकपाले भने विप्लव मुलुकका बिभिन्न ग्रामीण बस्तिहरुका कार्यक्रम सहभागी भएको तथ्यहरु सार्वजनिक गर्दै आएको छ ।

प्रहरीका अनुसार पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन उनी कहिलेकाहीँ मुलुक भित्रका बिभिन्न स्थानमा जाने गर्छन् । अत्यन्त उच्च सुरक्षा सतर्कताका साथ कार्यक्रमहरुमा सहभागी हुन्छ्न । नेपालको एक ठाउँदेखि अर्को ठाउँमा जानुपर्ने अवस्थामा उनी बिभिन्न फरक बाटोहरु प्रयोग गर्छन् । प्रहरीका अनुसार नेपाल भारत सिमा क्षेत्रका बाटोहरु प्रयोग गर्ने गरेको दाबी छ ।

प्रहरीका अनुसार उनी सधैँ विश्वासिला सचिवालय सदस्यबीच रहने गर्छन् । उनी मोबाइल फोन प्रयोग गर्दैनन् । आन्तरिक भेटहरुलाइ निकै चुस्त बनाएका छ्न  । उनको अत्यन्त सीमित व्यक्तिसँग मात्रै भेट हुन्छ । त्यो पनि सचिवालय सदस्यबाट खबर भएपछि मात्रै । अन्य व्यक्तिसँग फोनमा समेत कुरा गर्दैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा भन्छन्, ‘विप्लवका बारेमा हामीलाई जानकारी छैन, जानकारी भए पक्राउ परिहाल्थ्यौँ । यस सम्बन्धमा अहिले यति बुझौँ ।’

नेकपाले भने फागुन १ गते २५ औ जनयुद्ध दिवस महासचिव विप्लवको उपस्तिथिमा भब्यतापुर्वक सम्पन्न भएको तस्वीर सार्वजनिक समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार