logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रधानमन्त्री यसरी मुस्कुराउदै निस्किए !


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३० २०७६

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।  गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सबै सूचक पनि राम्रो रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन् । ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्योरोपण गरिएको हो । यसअघि १२ वर्षअघि उनको भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । 

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि केही समय बालुवाटारस्थित सरकारी निवासमै आराममा रहनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार