logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

थाक्दैन थवाङ्ग : रिहा भएका नेताको सम्मानमा यसरी उर्लियो


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका रि’हा भएका रोल्पा थवाङका कार्यकर्ता अमित घर्ती र जितप्रसाद रोकालाई स्थानीयले भव्य स्वागत गरेका छन् । कैलालीबाट रिहाइ भएका उनीहरु शुक्रबार थवाङ पुग्दा  स्थानीयवासीले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

उनीहरुको रिहाई भएपछी खुसियालीमा थवाङवासीले भोजभतेर समेत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई दाङमा बैठकस्थलबाट प्रहरीले गिर’फ्तार गरेको थियो । जतिबेला थवाङ्गका घर्ती र रोकापनि गिर’फ्तार भएका थिए ।

उनीहरु नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला असोज ३० गते घर घेरा हाली प्रहरीले गिर’फ्तार गरेको थियो ।

घर्ती र रोका सर्वोच्च अदालतको आदेश अनुसार कैलाली धनगढी कारागारबाट फागुन २१ गते रि’हा भएका हुन् ।

नेकपा केन्द्रिय नेता ‘बिरजङ्ग’ सहित २१ जना गिर’फ्तार

असोज ३०, २०७६, नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’ सहित २१ नेता कार्यकर्ता गिर’फ्तार भएकाछन । दाङको बिकट क्षेत्र बाट गिरफ्तार परेका उनिहरुलाइ जिल्ला सदमुकाम लगेको हुन सक्ने नेकपा स्रोतले जनाएको छ ।

नेकपाको ब्युरो स्तरको शान्तिपुर्ण कार्यक्रममा प्रहरीले ह’स्तक्षेप गरेर नेता कार्यकर्तालाइ गि’रफ्तार गरेको भन्दै नेकपा एक नेताले आ’क्रोस व्यक्त गरेकाछन ।

केन्द्रिय नेता बिरजङ सहित अर्का नेता सुवास र युवाका केन्द्रिय अध्यक्ष समेत गि’रफ्तार भएको नेकपाले स्रोतले जनाएको छ ।

गएराति २ बजेतीर दाङ जिल्लाको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता बिनोद बिक्रम शाहले मिडियालाइ बताएका छन ।

प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम ल्याइदैं गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार