राजनीति
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको छ ।
उनीहरुले उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
उनले अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने जानकारी दिए ।
उनका अनुसार आचरण व्यवहार सुधारको हिसावले पठाइएका अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ ।