logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सार्वजनिक जग्गा नमास्न जनपरिषद दाङकाे चेतावनी


  • राजनीति
  • सोमबार, चैत्र ३ २०७६

जिल्ला जन’परिषद दाङले  घोराहीको कर्मचारी मिलन केन्द्रदेखि दक्षिण भागमा रहेको खाद्य संस्थान स्थित सार्वजनिक जग्गा मास्न नपाइने भन्दै विभिन्न संघ संस्थाहरुले गरिरहेको विरोधप्रति जिल्ला जनपरिषद दाङले पूर्ण रुपमा समर्थन गरेको छ ।

जिल्ला ज’नपरिषद् दाङका प्रमुख आकाशले एक प्रेस विज्ञप्ति जारी गरि आपत बिपतमा आबश्यक पर्ने र केहि सार्बजनिक कार्यक्रमहरू समेत हुदै आएको उक्त खालि जमिन संरक्षण गर्नुपर्ने आवश्यक रहेकाे, उक्त खालि ठाउँ ब्यापारिक प्रयोजनका लागी उपयुक्त नभएको र खुल्ला ठाउँ संरक्षण गरि राख्दा नै समग्र जनता र नगरवासीलाई उपयुक्त हुने भएकोले उक्त जग्गा लिजमा लिने दिने सम्पूर्ण संस्था, ब्यक्ति सबैलाई ज’नबिरोधी कार्यबाट पछि हटी खुल्ला ठाउँ संरक्षणमा जुट्न अनुरोध गरेेेेकाे छ ।

विज्ञप्तिमा लेखिएको छ-“प्रक्रियाबाटै लिजमा लिएको भन्ने हवला दिइराखेको सन्दर्भमा डबल नेकपाका केही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तिको लागी सत्ता र शक्तिको दुरुपयोग गर्दै उक्त जग्गा हडप्न खोजिएको प्रस्टै देखिन्छ ।” उक्त जग्गा प्रकरणमा नाम जोडिएको केहि ब्यक्तिहरु घोराही-१७ बर्गद्विको जग्गा (जहाँ ११ जना किसानहरूलाई तत्कालिन शाही सेना द्वारा हत्या गरियको थियो उक्त ठाउँको जग्गा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मा’ओवादी)द्वारा क’ब्जा गरिएको थियो ) पार्टी, किसानहरु, स’हिद परिवार, जग्गा धनीलाई समेत गुम्राहामा पारि ठगि गर्दै प्लटिङ गरि बेचबिखन गर्ने कार्यमा समेत संलग्नता पाइएकोले उक्त विषयमा समेत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै विज्ञप्तिमा भनिएको छ-“उक्त खाद्य संस्थानको खाली जग्गा लिजमा लिने दिने सम्पूर्ण संस्था, ब्यक्ति सबैलाई बिबादित र जनबिरोधी कार्यबाट पछि हटी खुल्ला ठाउँ संरक्षणमा जुट्न अनुरोध गर्दछौं ।
अत: हाम्रो पार्टी, बिभिन्न संघ संस्थाहरु, आम जनताको अनुरोधलाई कुल्चदै जनबिरोधी कार्य अगाडि नबढाउन उक्त कार्यमा संलग्न ब्यक्ति तथा संस्थालाई अनुरोध गर्दछौं ।
अन्यथा नेपाल कम्युनिष्ट पार्टी जिल्ला ज’नपरिषद् दाङले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार