राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कालिकोटका सेक्रेटरी रणदिपले हिजो सत्तारुढ दल नामधारी कम्युनिस्ट मात्र भएको तर्क गरेकाछन ।
सरकारी नामधारी कम्युनिष्टहरु झुटको खेती गरेर नक्कली मुकुण्डो रक्षार्थ लगाएर भ्रम छरेको बताएकाछन । हैसियतहिन जड्याहाहरु जम्मा गरेर टीका लगाउदै नेकपाको फल्नो जिम्मेवारी भनेर भ्रम नछर्न चेतावनीसमेत समेत दिएकाछन । उनले उक्त भ्रम प्रती घृणा ब्यक्त गरेकाछन ।
यस्तो कपोकल्पीत भ्रामक समाचारको फिल्डबाट प्रतिवाद गर्न अपिल गर्नु भयो । पार्टीएकताबाट निरास भएका कार्यकर्ता लाई भ्रम छरेर उत्साहित पार्न यो हर्कतमा लागेको धारणा राख्दै आक्रोश ब्यक्त्त गरेकाछन ।
कालिकोटको पचाल झरनामा आयोजित आन्तरिक प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले प्रतिबन्ध पछी पार्टी सुदृढ र अनुसासित भएकाले यस्तो हल्ला ले आफ्नो पार्टीमा कुनै असर र प्रभाव नपार्ने ठोकुवा गर्नु भयो ।