राजनीति
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बझाङ जिल्ला जनसरकार प्रमुख प’क्राउ परेका छन् । पक्राउ परेसंगै सोमबार विप्लव नेतृत्वको नेेेकपाले विज्ञप्ती जारी गर्दै विना शर्त रिहाईको माग गरेको छ ।
जिल्लाको थलारा गाउँपालिका वडा नम्बर-७ स्थित भवानी मावि माडौकाट्नेबाट विप्लव नेतृत्वको नेकपा जिल्ला जनपरिषद प्रमुख बाजिलाल शाहीलाई प्रहरीले आइतबार गि’रफ्तार गरेको हो । विद्यालयमा शिक्षकसंग छलफलका क्रममा विशेष सुराकीका आधारमा गिर’फ्तार गरेको थलारा प्रहरी कार्यालयका प्रमुख चन्दले बताए ।
नेपाल कम्युनिस्ट पार्टी बझाङले विज्ञप्ति निकाल्दै सुराकी गर्नेलाई का’र्वाही गर्ने चे’तावनी दिएको छ । जिल्ला इन्चार्ज विराट र सचिव हरिलालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । भवानी माविका प्रअ र शिक्षकहरुले तपाइँको पार्टीको नीतिको बारेमा प्रष्ट पारिदिनु भनेर बोलाएर सादा पोसाकमा प्रहरीलाई खवर गरि योजनाबद्ध ढंगले फसाइएको भन्दै उक्त कार्यप्रति खेद प्रकट गरेको छ । साथै, सुराकी गर्नेलाई जनका’र्वाही गरिने चेता’बनी समेत दिएको छ ।
गि’रफ्तार भएका बाजिलाललाई बिना सर्त रिहाइको माग गरेको छ । आफ्ना कार्यकर्ताको बिनाकारण का’र्वाही चलाउन खोजेमा प्रति’रोध संघर्षमा उत्रिने चे’तावनी समेत दिएको छ ।