logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्वाेच्चकाे गेटमै पुन: गिरफ्तार नेता बिश्वकर्मा र उपाध्याय बेपत्ता


  • राजनीति
  • मंगलबार, चैत्र ४ २०७६

वि’प्लव नेतृ’त्वको नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष ब्यु’राे इन्चा’र्ज तथा पुर्व स्थानीय बिकास राज्यमन्त्री नविन विश्वकर्मा र अखिल नेपाल महिला संघ ( क्रा’न्तिका’री )का महासचिव तथा पुर्व सभाषद धिरिन्दा कुमारी उपाध्याय ‘भृकुटी’ लाई सर्वाेच्च अदालतले रिहा आदेश दिएलगत्तै गेटबाटै प्रहरीले पुन: पक्राउ गरेकाे छ ।

बन्दी’प्रत्यक्षीकरण रिटबाट रि’हा गरिएका नविन र भृकुटीलाई सादा पाेशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएकाे आफन्तले बताएका छन् । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै आएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुन: गिरफ्तार गरि अ’भद्र व्यवहारकाे मु’द्दालगाएकाे थियाे ।

गएकाे साता उमेश उपाध्यायले दायर गरेकाे रिटउपर साेमबार आदेश जारी गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावत र मनाेजकुमार शर्माकाे संयुक्त इजलाशले रिहा गर्न आदेश दिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार