logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

९ महिना देखी हिरासत मै छ्न नेकपा कास्की सेक्रेटरी ‘सुजन’


  • राजनीति
  • मंगलबार, चैत्र ४ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी सुजन ९ महिना सम्म हिरासत रहेकाछन ।

गत साउन १२ गते कास्की बाट गिरफ्तार परेका सुजनलाइ तत्कालीन ९ महिना सम्म विभिन्न जिल्लाहरु घुमाएको छ । उनलाइ गन्डकका ,कास्की,तनहुँ ,लमजुङ बाट घुमाउदै स्याङ्जा पुर्याइएको छ । उनि स्याङ्जाको हिरासतमा छन ।

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्कीका सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ लाई प्रहरीले कार्यक्षेत्र गएकै केहि दिनमा गिरफ्तार गरेको थियो । सुजनलाइ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गत साउन १२ गते दिसो साढे ३ तिर गिरफ्तार गरेको थियो ।

पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटनबाट गिरफ्तार गरेर केहि समय उनको अवस्था अज्ञात राखेको थियो । त्यस अगाडी तनहुँ जिल्लाको सेक्रेटरी समेत रहेका विक कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि सरुवा भएर कास्की आएका थिए ।

त्यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । सो बेला गिरतार परेका सबै नेता कार्यकर्ता छुटिसकेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार