राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसले राष्ट्रिय संकटको बेला भन्दा संघर्षका सबै कार्यक्रम स्थगित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले आज एक बिज्ञप्ती जारी गर्दै उक्क्त बिषय घोषणा गरेको छ ।
यो महामारी र संकटको बेलामा पार्टीका संषर्षका कार्यक्रम स्थगित गरी जनताको स्वास्थ्य सेवामा लाग्न सबै नेता कार्यकर्ता लाइ निर्देशन दिएको छ । नेकपाका ब्युरो इन्चार्ज निर्माणले एक बिज्ञप्ती जारी गर्दै उक्त घोषणा सार्वजनिक गरेका हुन ।