logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

घर जाँदै हुनुहुन्छ ? छाेटाे तथा मिनी छाेटाे दुरीका यी स्थानमा चल्नेछ यातायात हेर्नुस्


  • राजनीति
  • शनिबार, चैत्र ८ २०७६

आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै केही समयका लागि लामो दूरीका सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएका हुन् ।

प्रधानमन्त्रीको यो घोषणासँगै धेरैमा मध्यम र छोटो दूरीको सवारी साधन पनि सञ्चालन नहुने हो कि भन्ने चासो देखिएको छ ।

तर छोटो र मध्यम दूरीका सवारीसाधन निर्वाध सञ्चालनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।

यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरेको छ ।

ढकालले मध्यम र छोटो दूरीमा केही दिनयता नै कोरोना भाइरसको त्रासका बीच बढी भाडा लिने गरेको गुनासो आएको भन्दै चेकजाँच कडा पारिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार