logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

के हो क्वारेन्टाइन, के हाे ‘लकडाउन’ ? हेर्नुस् बिस्तृत


  • राजनीति
  • मंगलबार, चैत्र ११ २०७६

विश्व अहिले काेभिड १९ अर्थात काेराेना भाइरससंग जुधिरहेकाे छ। महामारीको रुपमा बिश्वभर फैलिएको यश महामारीबाट करिव १५ हजार बढी मानिसहरुकाे मृत्युु भइसकेकाे छ ।

नेपाल मा पनि काेराेना भाइरस भएको पुष्टि भइसकेकाे छ यसकाे राेकथाम र नियन्त्रणका लागि सरकारले आवस्यक कदम चालेकाे छ । जसबारे बुझ्न अत्यन्तै जरुरी छ ।

के हो लकडाउन ?

सामान्य भाषामा भन्दा जनतामाथि सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्न सरकारले यस्तो नियम लागु गर्ने गर्छ। चिकित्सकहरुले लकडाउनलाई (हेल्थ कस्टडी) भन्ने गर्छन्।

मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हुने गर्छ। गत डिसेम्बरबाट चीनको उवानमा यो भाइरस फैलिँदा चीन सरकारले यसलाई नियन्त्रण गर्न जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने सार्वजनिकस्थलहरु पूर्ण बन्द गरिएको थियो।

लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक यातायात बन्द गर्नुपर्छ भने मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्अर्थात घर मैं सीमाबन्द ।

के हो क्वारेन्टाइन?

यस्तै कुनै पनि व्यक्तिलाई भाइरस संक्रमित भयो भने संक्रमितलाई सिधै एक्लो पारेर ‘आइसोलेसन’ वार्डमा भर्ना गरेर उपचार गर्ने गरिन्छ भने सम्भावितलाई कम्तिमा १४ दिन सम्म निगरानीमा राखेर हेर्ने गरिन्छ।

यसरी व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ।  क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ।

यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड पनि भनिन्छ।

के हो आइसोलेसन?

यदि कुनै व्यक्तिमा संक्रमण भएको व्यक्तिलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई एकान्तवासमा रहेर गरिने उपचार आइसोलेसन भनिन्छ। यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ।

आइसोलेसनमा एउटा उपचार कक्षमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।सो समयमा बिरामीको कोरोना भाइरस संक्रमण भए नभएको प्रयोगशाला परिक्षण पनि हुनेछ। जाँचको रिपोर्ट नेगेटिभ आएमा सो बिरामीलाई घर पठाइने रणनीति छ। यदि रिपोर्ट पोजिटिभ अर्थात संक्रमण देखिएमा थप उपचार गरिनेछ।

के हो सेल्फ क्वारेन्टाइन?

संक्रमणको नियन्त्रण तथा सतर्कता अपनाउन  पछिल्लो केही दिन यात सरकार सबै जनतालाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। तर घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने कुरालाई लिएर मानिसहरु भ्रममा परिरहेको देखिन्छ।

तर सामान्य बुझ्ने भाषामा सेल्फ क्वारेन्टाइन भनेको घरमा नै सुरक्षित भएर बस्नुलाई सेल्फ क्वारेन्टाइन भन्ने गरिन्छ। कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ।

त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्पर्कमा आउनु हुँदैन। यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ।

यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन  हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार