राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय देखी योगदान गर्दै आएका पाका नेताहरुलाइ संमान गरेको छ ।
नेकपाले पाल्पा जिल्ला बाट कम्युनिस्ट आन्दोलनलाइ उचाइमा उठान गर्न महत्त्वपूर्ण भुमिका खेलेका ४ जना पाका नेताहरुलाइ संमान गरेको जनाएको छ ।
न्याय मुक्ति र समानतामा आधारित स्वर्णिम मानव मानव सभ्यता निर्माणका खातिर लामो समय सम्म क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुहुने तथा जिवन्त अनुभव द्धारा नया पिढिलाइ नया क्रान्ति र बैज्ञानिक समाजवादका निम्ति प्रेरित गरिरहनुहुने अग्रजहरुलाइ सम्मान गर्नु नेकपाको दायित्व भन्दै उक्क्त सम्म्मान गरेको हो ।
पाल्पाको एक अज्ञात स्थलमा आयोजना सम्मान कार्यक्रम बोल्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज प्रविनले संमान क्रान्तिकारी इतिहास प्रतीको श्रद्धा र भविष्य प्रतिको दृढता भएको बताएकाछ्न । उनले आफ्नो पार्टीले नेकपाले कम्युनिस्ट आन्दोलनमा योगदान दिने अग्रज नेताहरुको संमान गर्ने राजनीतिक सस्कारको सुरुवात र बिकास गरे भन्दै निरन्तर क्रान्तिको पक्षमा ज्ञान सम्प्रेषण गर्न र नया पिढिलाइ क्रान्तिमा प्रेरित गर्न बिशेष आग्रह समेत गरेकाछन ।
प्रमुख अतिथी प्रबिनले नेकपाले नेपाली कम्युनिस्ट आन्दोलनका पाका नेताहरु चित्र बहादुर आले र असारे काकालाइ संमान स्वरुप पार्टीको बिशेष भुमिका देखी जिवन ब्यवस्थापन सम्म गरेको स्मरण गर्दै यो नया राजनीतिक सस्कारको नेतृत्व नेकपाले गरेको प्रष्ट पारेकाछन ।
कार्यक्रममा ४ जना अग्रज नेताहरुलाइ संमान गरेको थियो । सम्मानित हुनेहरुमा टोपराज बस्याल माक्स बा, कृष्ण प्रसाद खनाल कोशोर,सोम बहादुर नेपाली बिजय र मानध्वज श्रेष्ठ रिम रहेकाछन ।


संमान ग्रहण गर्दै माक्स बा र रिमले आफ्नै जिवनकालमा क्रान्ति सम्पन्न भइ बैज्ञानिक समाजवाद देख्न पाइओस भन्ने शुबेच्छा ब्यक्त गरेका छन ।


कार्यक्रम जिल्ला सेक्रेटरी बिजि को अध्यक्षता र बिद्यार्थी नेता शारदा भण्डारीको संचालनमा सम्पन्न भएको नेकपा पाल्पाले जानाकारी दिएको छ ।