logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अदालतले निर्दोश साबित गरेका नेता कार्यकर्तालाई पुर्न गिरफ्तार गरेपछी नेपाल बन्दको आह्वान

पार्टी बिरुद्द राज्य दमनकारी रुपमा आएको भन्दै बैशाख ४ गते नेपाल बन्दको आह्वान


  • राजनीति
  • आइतबार, बैशाख २ २०७५

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।

किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुनस् आजै पक्राउ गरिएको भन्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा सहित वैशाख ४ गते पूर्वी नेपालको जनकपुर, सगरमाथा, कोशी र मेची अन्चल बन्दको घोषणा गरेका हुन् ।

नेकपाको पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।राई लगायत नेतालाई गत चैत्र ५ गते पक्राउ गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार