राजनीति
सामाजिक अभियान्ता तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले विश्व भर आतंक मच्चाएको र मुलुकको सम्भवित स्वास्थ संकटलाइ समाधान गर्ने केहि उपायहरु सुझाएकाछन।
विश्व महामारीको खतरा बनेको कोरोना भाइरसको विरुद्ध सामन्य ढङ्गले प्रतिरोध नहुने भन्दै यसको लागी राज्यले आफ्ना सबै अङ्गलाइ ब्यवस्थित र योजनावद्ध हिसावले परिचालन गर्न आग्रह गरेका छ ।
कार्कीले सम्भावित खतरालाइ टार्नको लागी मुलुकभरका वडालाइ युनिटमा बिभाजन गरी एक्सन टिम बनाएर जादा प्रभावकारी हुने सटिक योजनागत सुझाव दिएकाछन । उनले उक्त टिम ४ वटा आरको भुमिका निभाउन सके सम्भावित खतरा टार्न सक्ने बताएका छन । कार्कीको सामाजिक संजाल फेसबुकमा स्टाट्स अप्लोड गर्दै उक्त धारणा सार्वजनिक गरेकाहुन ।
उनको स्टाटस यस्तो छ
URGENT:
वडा अध्यक्षको अगुवाइमा- हरेक वडालाई २०-३० घरको युनिटमा बिभाजन गरौ । हरेक युनिटमा भरपर्दो टिम लिडर घोषणा गरौ । टिम लिडरले आफु सहित पाँच जनाको ‘#युनिट_एक्सन_टिम बनऔ । हरेक ‘युनिट एक्सन टिमले’ चार R को काम गर्छ ।
पहिलो R रेकर्ड- हरेक घरको हरेक सदस्यको विवरण (नाम, उमेर, लिङ, कहिले देखी टोलमा बसेको र यात्रा बारे कैफियत
दोश्रो R रिकग्नाइज: (पहिचान) सम्भावित लक्षण, जोखिमका परिवार, अन्य आब्श्यकता
तेश्रो R रेगुलेट: (परिचालन) लकडाउनको बेलामा भित्र बस्ने, सरसफाइ, जानकारी प्रबाह र सामाजिक अनुशासन अनुशरण, सार्वजनिक स्थल (धारा, पसल आदी पालो बनाउने)
चौथो R रिपोर्ट: सम्भावित लक्षण देखापरे तु रिपोर्ट गर्ने, तथ्य रिपोर्ट गर्ने र प्रेषण
गर्ने र स्वास्थ्य अवस्था बुझ्ने
यत्ती चार R को योजना तत्काल लागु गरेर हामी सम्भावित सन्क्रमणको साङ्लो तोडन सक्छौ, लक्डाउनका साथै यो ब्यबस्था तुरुन्तै मिलाउन सम्बन्धित गाउ तथा नगर सरकारलाई सबैले अनुरोध गरौ । पछी सन्क्रमण फैलिएपछी हामी सँग समय र सुबिधा हुने छैन ।