logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विपत्तको बेला लुट्न खोज्नेलाइ लखेट्ने नेकपाको तयारी


  • राजनीति
  • सोमबार, चैत्र १७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले स्वास्थ्य संकटको बेला हुने अनिमियतताको निगरानी गरेको बताएको । जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदिप द्धारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा उक्त कुरा बताइएको छ । स्थानीय निकायले संकटको बेला समेत भ्रष्टाचार र कालोबजारी गर्ने गरी हर्कत गर्ने आसय देखिएकोले त्यसको निगरानी र कार्वाही गरिने समेत बताएको छ। उक्त कुरा कालिकोटबाट तुफान सिहले बताएकाछन ।

नेकपा कालिकोटले यस्तो संकटको बेलामा न्युनतम सुरक्षाको सामग्री बिना जनताको सेवामा लाग्ने स्वास्थ्यकर्मीलाइ हार्दिक धन्यवाद दिदै सम्पूर्ण जिल्ला बासीलाइ कुनै रुणिगत भ्रममा नपरी सचेततापुर्वक घरमा रहन अपिल गरेको छ।

नेकपा कालिकोटको बिज्ञप्ती यस्तो छ

यतिबेला बिश्वले नै कोरना भाईरसबाट निकै जोखिम मोलिरहेको छ निकै ठूलो मानबिय क्षति ब्यवहोर्नुका साथै लाखौ मान्छेहरु संक्रमित छन । करोडौ संख्यामा नागरिकहरुले सास्ती खेपी रहेका छन् , हाम्रो देश नेपाल पनि उच्चजोखिम संग लडिरहेकोछ । संक्रमित बिरामीहरु हस्पिटलको बेडमा छन् भने सयौ नागरिकहरुले ठूलो सास्ती खेपी रहेका छन् । दैनिक ज्यालादारी गरेर जीवन निर्वाहा गर्नेहरुको पीडा सुनिनसक्नु छ कम्युनिष्ट सरकार यो समस्याको उचित समाधान तर्फ गम्भीर भएर लाग्नु को सट्टा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय यो समस्या लाई फेरि पनि अवसरकोरुपमा प्रयोग गर्ने दाउमा देखिन्छ ।

राहात र उचित चेकजाचँको अति हल्ला गरिरहेकोछ कार्न्वयन निकायले गरिरह्काछौ बाहेक गरिरहृको देखिदैन। खासमा स्थानिय निकाय जति क्रियासिल र जिम्मेवार देखिनु पर्नेहो त्यसो देखिदैन । प्रत्यक स्थानिय निकाय ले बिपत ब्याबस्थापन भनेर लाखौ रकम छुट्टाएका छन् त्यो कहाँ खर्च गर्ने हो उनिहको कुराहो त्याहा पनि लुटीखाने सपना देखिरहेका छन् किनकि कालिकोटमा जति हेल्थ डेक्स हरु र स्वास्थ्य चौकीहरु छन् त्याहा स्वास्थ्यकर्मि लाई प्रयोग गर्ने मास्क समेतको ब्यबस्था छैन एक/ एक चक्की सावुन बाहेक संक्रमितहरु र संकास्पद लाई राख्ने क्वारेन्टायन पायक पर्ने स्कुल घोषणा गरिएको छ त्याहा अन्य कुनै ब्यबस्था देखिदैन सुरक्षाकर्मीहरु ब्याक्तीगत ब्यबस्थापन मै खटिरहेका छन् यहाँ ध्यान छैन यस्तो जटिल परिस्थितीमा सेवामा निरन्तर खटिरहने स्वास्थ्यकर्मि मित्रहरु र सुरक्षाकर्मि मित्रहरु लाई हाम्रो पार्टी विशेष आभार सहित धन्यवाद ब्यक्त गर्दछ ।

सम्पुर्ण कालिकोट को पार्टी कमिटी आत्मअनुसाुसनमा रही जनसेवाका लागि जनचेतनामुलक काममा र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा संगठन , जनबर्गिय संगठन र पार्टी कमिटी लाई विशेष निर्देशनगर्दै गाउँ घरमा हुने जमघट भोजभतेर र अन्धबिश्वासको पछी नलागेर होम क्वारेन्टायन र सरसफाईमा विशेष ध्यान दिई आफ्नो स्वास्थे प्रति गम्भीर हौ अनाबस्यक मास्क बिना हिडडुल नगरी लकडाउनको पालना गर्न सम्पुर्ण कालिकोट बासी जनसमुदायलाईलाई अपिल गर्दै आबश्यक स्वास्थ्य उपकरण र औषधी ब्यबस्थापनका लागि नेपाल सरकार संग जोडदार माग गर्दछौ । धन्यवाद।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार