logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका कार्यकर्ता भन्दै प्रहरीले गरे पूर्व सांसद बाबुलाल पासवानलाई पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख ४ २०७५

बिराटनगर- पूर्व सांसद बाबुलाल पासवानलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार बिराटनगरबाट पक्राउ गरिएको हो ।विप्लव माओवादीले आब्हान गरेको बन्दको विषयमा बुझ्न भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ ।

मोरङका प्रहरी उपरिक्षक अरुण विसीले पूर्व सांसद पासवनलाई नियन्त्रणमा लिएको पुष्टि गरे । सोमवार साँझ विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घट्नामा उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताइएको भएपनि प्रहरीले भने अस्विकार गरेको छ ।

पूर्व सांसद पासवनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मंगलबार विहान पूर्व–पश्चिम राजमार्गस्थित गछिया सडक खण्डमा शंकास्पद बस्तु भेटिएपछि आंतक सृजना भएको थियो ।

गछिया खोलाको पुलमा फेला परेको शंकास्पद वस्तु बम भएको आंशकामा केहीवेर सवारी आवागमन समेत रोकिन पुगेको थियो ।पछि नेपाली सेनाको बम डिष्पोजल टोलीले संकास्पद बस्तु निष्कृय बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार