राजनीति
माओवादी केन्द्रको पछिल्ला राजनीतिक गतिविधि लाई बेइमानी भन्दै आएका माकेका पुर्व नेता गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् ।
उनले आज विज्ञप्ती जारी गर्दै माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न पनि विप्लवसँग आग्रह गरेका छन् ।
प्रचण्ड एमालेसँग लम्पसार भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आग्ह गरेका छन् ।
किरातीले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको बताएका छन् ।