logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्वास्थ्य मन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी, यस्ता छन सात आरोप

र्‍यापिड टेस्टिङ किट प्रयोग नगर्ने


  • राजनिती न्युज डेस्क
  • बुधबार, चैत्र १९ २०७६

पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ढकाल विरुद्ध चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारको वेबसाइटमार्फत उजुरी गरेका हुन् । सो पार्टीका केन्द्रीय अध्यक्षमिलन पाण्डेले प्रदेश ३ का आफ्नो सांसदले मन्त्री ढकाल विरुद्ध उजुरी दिएको बताए ।

बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ।

सरकारले चीनबाट खरिद गरी ल्याइएका ७५ हजार थान र्‍यापिड टेस्टिङ किट प्रयोग नगर्ने भनेको छ। विश्व स्वास्थ्य संगठनले हालसम्म यो किटलाई मान्यता नदिएकाले यसको उपयोग नहुने भएको हो।

उजुरीमा लगाइएका आरोपः

१। तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,

२। बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,

३। खरिद कार्य गर्न आफू निकटका व्यापारीलाईरातारात सेटिङ मिलाएको,

४। मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,

५। वाणिज्यविभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,

६। विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दैविभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,

७। यस अघिका ठुला भ्रष्टाचारकाण्डहरू वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदिमा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमापनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार