logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनमा ओली र दाहाल बीच भेटवार्ता


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवारमा भेटवार्ता भएको स्रोतले जनाएको छ।

दुईको भेटमा चीनबाट खरिद गरिएको स्वास्थ उपकरण र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा छलफल हुनुका साथै कोरोना संक्रमणमा सरकारले गर्नुपर्ने कामबारबाहीको विषयमा समेत छलफल भएको थियो ।

यस्तै दार्चुला लगायत भारतीय सीमामा अलपत्र परेका नेपालीहरुको समस्या तथा लकडाउनका कारण किसान, मजदुर तथा विपन्न वर्गको राहत र व्यवस्थापनको विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार