logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सरकारको काण्डै काण्ड देखेर लाज लागिसक्यो : नेतृ सिंह


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अनेरास्ववियु काे नेता पञ्चा सिंंहले बर्तमान सत्ता र शासन प्रणालीमा रहेका नेताहरुकाे साेच शैली र तरिका पुर्व पञ्चेहरु भन्दा डरलाग्दो भएको भन्दै आक्राेस ब्यक्त गरेकि छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै उनले लेखेकि छन् नेपाली जनता चाहन्छ ,समृद्ध नेपाल
समृद्धिको पहिलो शर्त हो सुशासन र पारदर्शिता भ्रष्टाचार मा शुन्य सहनशीलता चाहान्छन तर तरिका ठिक उल्टाे देखिन थालेकाे छ ।

उनले लेखेकि छन ‘कुनै समय थियाे बिकास याेजना र जनता राहतका कार्यक्रमहरु राजा, महाराजा ,प्रधानपञ्च र मुखियाहरुकाे निगाह ठानिन्थ्याे र बकस बापत भेटि दिइ्न्थ्याे र सम्भ्रान्त झन सम्भ्रान्त हुँदै गयाे । समय संगै शासनको रुप बदलियाे संसदीय व्यवस्थामा भ्रष्टाचारकाे तरिका पनि बदलियाे ।संसदीय ब्यवस्थाका केही मुट्ठिभर मसियाहरु केहिबकस वापत भेटि हाेइन बकसमै आफुलाइ चाहिने जति हिस्सा छुट्यारएर काम गर्न थाले जसलाई अहिले जनताले संस्थागत भ्रष्टाचार भनेर बुझ्न थालेका छन । यस्तो संस्थागत भ्रष्टाचार बुझ्न जनतालाई केही समय लाग्याे।जनताको अशिक्षा र गरिबी माथि केही ट्रेडमार्कवालाहरुले मार्केट पाए र केही मसियाहरु गज्जवले माेटाए ।

उनले अहिले पनि यस्ता घटनाहरु देखा पर्नु लज्जास्पद भएकाे भन्दै आज परिस्थिति बदलियाे बिज्ञान र प्रबिधिले चमत्कारिक बिकास गर्याे जनता जाग्यो झन सुसूचित बन्याे तर अाज फेरि पनि शासकिय प्रणालीलको मुल चरित्रले खाेजिरहेकाे छ भ्रम छर र राज गर, लुट र माेज गर। जनता चाहन्छन् सुशासन र पारदर्सिता भ्रष्टाचारमा शुन्य सहनशीलता सहितकाे समृद्ध नेपाल । याे अन्तरबिराेध रहुन्जेल सम्म लाज पनि लजाउने गरी काण्ड माथि काण्डै काण्डले थलिरहनेछ मेरो देश भन्दै सरकारकाे आलाेचना गरेकि छन् ।

हेर्नुस् स्टाटस 

जनता चाहन्छ ,समृद्ध नेपाल
समृद्धिको पहिलो शर्त हो सुशासन र पारदर्शिता ।।
भ्रष्टाचार मा शुन्य सहनशीलता ।।
कुनै समय थियाे बिकास याेजना र जनता राहतका कार्यक्रमहरु राजा, महाराजा ,प्रधानपञ्च र मुखियाहरुकाे निगाह ठानिन्थ्याे र बकस बापत भेटि दिइ्न्थ्याे र सम्भ्रान्त झन सम्भ्रान्त हुँदै गयाे ।समय संगै शासनको रुप बदलियाे संसदीय व्यवस्थामा भ्रष्टाचारकाे तरिका पनि बदलियाे ।संसदीय ब्यवस्थाका केही मुट्ठिभर मसियाहरु केहिबकस वापत भेटि हाेइन बकसमै अाफुलाइ चाहिने जति हिस्सा छुट्यारएर काम गर्न थाले जसलाई अहिले जनताले संस्थागत भ्रष्टाचार भनेर बुझ्न थालेका छन । यस्तो संस्थागत भ्रष्टाचार बुझ्न जनतालाई केही समय लाग्याे।जनताको अशिक्षा र गरिबी माथि केही ट्रेडमार्कवालाहरुले मार्केट पाए र केही मसियाहरु गज्जवले माेटाए ।त्तज परिस्थिति बदलियाे बिज्ञान र प्रबिधिले चमत्कारिक बिकास गर्याे जनता जाग्यो झन सुसूचित बन्याे तर आज फेरि पनि शासकिय प्रणालीलको मुल चरित्रले खाेजिरहेकाे छ भ्रम छर र राज गर, लुट र माेज गर। जनता चाहन्छन् सुशासन र पारदर्सिता भ्रष्टाचारमा शुन्य सहनशीलता सहितकाे समृद्ध नेपाल । याे अन्तरबिराेध रहुन्जेल सम्म लाज पनि लजाउने गरी काण्ड माथि काण्डै काण्डले थलिरहनेछ मेरो देश ।।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार