राजनीति
वि’प्ल’व नेतृत्वको नेकपाका पाेटिलब्युराे सदस्य ओम प्रकाश पुनले जनतालाई संकट परेकाे बेला संकटकाे माैकाछाेपी लुटपाट मच्चाउनेलाई सडकबाट अ’पदस्त गर्न अपिल गरेका छन् ।
नेता पुनले बर्तमान सरकार र मन्त्रीहरु समस्याकाे सामाधान भन्दा झन समस्या बल्झाउने र जनताप्रति उत्तरदायीत्व लिने अवस्था बाट भागेर लुटपाट मच्चाएरकाे आराेप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेको छन् ‘सरकार जनताको अभिभावक हाे । जनतालाई संकट परेको बेला सरकारले जस्तोसुकै कठिन कदम पनि चाल्न पछि पर्नु हुदैन’ । काेभिड १९ नामको काेराेना भाइरसले संसारलाई नै भयभीत पारिरहेको बेला देश बिदेशमा रहेका नेपाली जनतालाई पनि यसले निकै प्रभावित पारेको छ ।
उनले यस्तो संंकटकाे बेला राहात उद्दार र उपचारका कामहरु प्रभावकारी हुनुपर्ने भन्दै ‘अहिले नेपाली जनतालाई सरकारको तर्फबाट राहत, उद्दार र उपचारकाे सहयोग चाहिएको छ । सिमानामा जनता अलपत्र छन् । उपचाररत बिरामी माथि लापरबाही भएको छ ‘।
नेता पुनले भनेका छन् ‘स्वास्थ्यकर्मीलाई सहि उपकरण छैनन् । देश बिदेशमा रहेका मजदुर र गरीब जनताकाे दैनिक गुजारामा समस्या छ । कमिशन, भ्रष्टाचार र कालाेबजारीया व्याप्त छ । निजी अस्पतालहरु बन्द गरिएकाछन् । लकडाउनकाे नाममा जनतालाई घरमै थुन्ने र प्रहरी लगाएर लठ्ठी बर्षाउने बाहेक काेराेना राेकथामकाे कुनै बैज्ञानिक तरिका अपनाइएको छैन । तर केपी ओली नेतृत्वको सामाजिक फाँसिवादी सरकार यशकाे समाधान दिने मामिलामा सम्पुर्ण रुपले असफल भएकाे छ ।
उनले थपेका छन ‘बरु उल्टै जनताको उपचार सामाग्री खरिद गर्ने मामलामा कमिशन खान खाेज्छ । त्यसकारण अब याे सरकारले जनतामा शासन गर्ने नैतिक अधिकार कत्तिपनि नभएकोले तुरुन्तै नैतिकताका आधारमा राजिनामा दिनु पर्छ । यदि यसाे नगरे सरकार इतरका सम्पूर्ण शक्ति मिलेर आन्दोलन मार्फत यसलाई अपदस्त गर्नुपर्छ ‘ ।
हेर्नुस् स्टाटस
सरकार जनताको अभिभावक हाे । जनतालाई संकट परेको बेला सरकारले जस्तोसुकै कठिन कदम पनि चाल्न पछि पर्नु हुदैन । काेभिड १९ नामको काेराेना भाइरसले संसारलाई नै भयभीत पारिरहेको बेला देश बिदेशमा रहेका नेपाली जनतालाई पनि यसले निकै प्रभावित पारेको छ । अहिले नेपाली जनतालाई सरकारको तर्फबाट राहत, उद्दार र उपचारकाे सहयोग चाहिएको छ । सिमानामा जनता अलपत्र छन् । उपचाररत बिरामी माथि लापरबाही भएको छ । स्वास्थ्यकर्मीलाई सहि उपकरण छैनन् । देश बिदेशमा रहेका मजदुर र गरीब जनताकाे दैनिक गुजारामा समस्या छ । कमिशन, भ्रष्टाचार र कालाेबजारीया व्याप्त छ । निजी अस्पतालहरु बन्द गरिएकाछन् । लकडाउनकाे नाममा जनतालाई घरमै थुन्ने र प्रहरी लगाएर लठ्ठी बर्षाउने बाहेक काेराेना राेकथामकाे कुनै बैज्ञानिक तरिका अपनाइएको छैन । तर केपी ओली नेतृत्वको सामाजिक फाँसिवादी सरकार यशकाे समाधान दिने मामिलामा सम्पुर्ण रुपले असफल भएकाे छ । बरु उल्टै जनताको उपचार सामाग्री खरिद गर्ने मामलामा कमिशन खान खाेज्छ । त्यसकारण अब याे सरकारले जनतामा शासन गर्ने नैतिक अधिकार कत्तिपनि नभएकोले तुरुन्तै नैतिकताका आधारमा राजिनामा दिनु पर्छ । यदि यसाे नगरे सरकार इतरका सम्पूर्ण शक्ति मिलेर आन्दोलन मार्फत यसलाई अपदस्त गर्नुपर्छ ।