logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तेस्रोपटक लकडाउन लम्बियो, अब कहिले खुल्छ ?


  • राजनीति
  • सोमबार, चैत्र २४ २०७६

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ।

सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो।

संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।

आज बस्ने मन्त्रीपरिषद्‌ बैठकबाटै नेपाल राष्ट्र बै‌ंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार