logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेना लागेर मरे १५ लाख दिने घाेषणा


  • राजनीति
  • सोमबार, चैत्र २४ २०७६

सप्तरीको एक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) महामारीमा ज्यान गुमाउनेको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा खटिएकाको उक्त भाइरसका कारण ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

जिल्लाको छिन्नमस्ता गाउँपालिकाले क्वारेन्टाइनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको कोरोनाबाट ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीबारे भने गाउँपालिका मौन छ ।

लकडाउनका समयमा समस्यामा परेका सर्वसाधारणका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय पनि गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष उषा मण्डलले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार