राजनीति
बिश्व महा’मारी बनेको को’रोना सं’क्रमण हुन नदिन सरकारले लक’डाउन गरेको बेला कतिपय ठाउम बाक्लो आवजजावत गरेपछि प्रशासनिक निकायले थप क’डाइ गर्ने संकेत गरेको छ । आम जनताको स्वास्थ्य लाइ गम्भीरतापुर्वक मध्यनजर गर्दै अनावश्यक आवातजावतमा कडाइ गर्नुपर्नेमा प्रशासनले जिम्मेवारी पुर्वक सोचेको देखिन्छ । यद्यपि गरिव मजदुरको बारेमा खास चासो नदिएको भन्दै सरकारको आ’लोचना पनि भएको बुझिन्छ।
यसै बिच जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना गराउनको लागि आफूहरु खरो उत्रिने बताएका छन् । उनले यो अवधिमा अनावश्यक घरबाहिर ननिस्कनसमेत आम नागरिकलाई आग्रह गरेका छन् ।
गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सिडिओ दाहालले अनावश्यक सडकमा निस्किनेलाई गो’ली ठो’क्ने समेत चे’तावनी दिएका छन् । उनले भने,”मैले त्यो अधिकार पाएको छु । आदेश उल्लं’घन गर्ने कसैलाईपनि छोड्दिन् ।”
त्यस्तै, उनले यो अवधिमा सवारी पास लिनेहरुको लाइन लाग्ने गरेको सुनाउँदै अब पास कसैले पनि नपाउने र नदिने बताएका छन । उनले थपे,”व्यापारीलाई पास दिन्न । पासमा मलाई पत्रकारहरुले सताएका छन् । यो अवधिमा जनता टेलिभिजन नहेरेर पनि बाँच्छन् । किन टिभी हेर्नुपर्यो ? अब कठोर हुन्छु । ए’क्शन लिन्छु ।” यधपी उनले सुत्केरी, विरामीहरु र अत्यावश्य कामको लागि पास उपलब्ध गराउने विश्वास दिलाए ।
त्यस्तै, काठमाडौं उपत्यकाबाहिर जानको लागि कसैलाई पनि पास नदिने उनको जिकिर छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु कोही पनि भोकै नम’र्ने बताउँदै उनीहरुको लागि सरकारले पर्याप्त खाद्यान्नको व्यवस्था गरेको पनि सिडिओ दाहालले विश्वास दिलाए ।
यो बिश्वब्यापी स्वास्थ्य सं’कटको बेला आत्माअनुसानलाइ ख्याल गर्दै लकडाउनको पालना गर्नु पर्ने अनिवार्य देखिन्छ