logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली सेनाले ५ देशलाइ पत्र पठायो, कुन कुन हुन ?


  • राजनीति
  • बुधबार, चैत्र २६ २०७६

विश्व महामारी बनेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले तयार पारेको स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि नेपाली सेनाले पाँच देशलाई पत्राचार गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरिएको हो ।
स्वास्थ्य सामग्रीको सूचीका आधारमा पाँच देशलाई पत्राचार गरिएको बताउँदै प्रवक्ता पाण्डेले भने, ‘सेनाको पत्र परराष्ट्र मन्त्रालयले मंगलबार फरवार्ड गरेको जानकारी पाएका हौं ।’

पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून रहेको बताइएको छ । सेनाका अनुसार ती देशका सैनिक सहचारीमार्फत पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार