logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिका एक सदस्य लकडाउनका कारण उपत्यकामा रोकिएर बस्‍न बाध्य सर्वसाधरणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको बताए।

उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार