logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कैलाली र कञ्चनपुरमा ६६ जनाकाे -यापिड टेस्ट, सबै नेगेटिभ


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित भेटिएको कैलाली र कञ्चनपुर जिल्लामा -यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) परीक्षण शुरु गरेको छ । दुई जिल्लामा हालसम्म ६६ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार द्रुत गतिमा परीक्षण गर्नका लागि अहिले हरेक प्रदेशलाई ५ हजारको दरले कीट उपलब्ध गराइएको छ । उपत्यका सहित १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए । यसमा १९३ जनाको नमूना परीक्षण भइरहेको उनले जानकारी दिए ।

त्यस्तै कूल १८० जनालाई रेड जोनमा राखेर उनीहरुको स्वास्थ्य स्थितिमा निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार