logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुइ दिन खोल्ने कुरा यसकारण फिर्ता भयो


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

कोरोनाको त्रास र एकान्त बासले आजित भएका  अस्थायी काठमाडौबासी लाइ सरकारले  बाहिर पठाउदै छ भन्ने खबर आयो तर त्यो धेरै बेर टिकेन ।

शुक्रबार र शनिबार काठमाडौं उपत्यकाभित्र रहेकालाई बाहिर जाने निर्णय एक घन्टामै उल्टायो । प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा निर्णय सार्वजनिक गरेपछि सञ्चारमाध्यमले समाचार बनाए ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजलाई आधार बनाएर सार्वजनिक गरिएको सूचनाको खण्डन गृह मन्त्रालयले एक घन्टापछि गर्यो । अफवाह फैलाएको भन्दै केही मन्त्री र सरकारका अधिकारीहरु बचाऊमा लागे । तर, गल्ती सरकारबाट भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी उपप्रधानन्त्री ईश्वर पोखरेलले केही मन्त्रीसँग सल्लाह गरेर दुई दिन घर जान चाहनेको व्यवस्था गर्ने निर्णय कोरोना भाइरस रोकथामसम्बन्धि उच्चस्तरीय संयन्त्रबाट गराएका थिए । तर, पोखरेल निकटस्थले छलफल मात्र भएको भन्दै बचाऊ गरे ।

प्रधानमन्त्री कार्यालयले फेसबुक पेजमा जारी गरेको सूचना जसलाई गायब पारिएको थियो ।

दुई दिन उपत्यकाबाहिर जाने व्यवस्था गर्न पोखरेलले प्रधानमन्त्रीका सल्लाहकार देखि केही मन्त्रीहरुसँग छलफल गरेर टुंगो लगाएका थिए । तर, सञ्चारमाध्यममा खबर सार्वजनिक भएलगत्तै केही मुख्यमन्त्रीहरुले आपत्ती जनाए । विशेषगरी शंकर पोखरेल र डोरमणि पोखरेल असन्तुष्ट भए । लगत्तै निर्णय उल्टाउन सरकार वाध्य भयो ।

लकडाउनका बखत उपत्यकाभित्र रोकिएकाहरु घर जान पाइने भन्दै तयारीमा लागिसकेका थिए । कतिपय व्यक्ति दैनिक उपभोग्य सामाग्री समेत सकिएर भोक भोकै पर्न थालिसकेको खबर आएको छ । यस्तो बखत स्थायी बसोबास गरेको स्थानमा जान पाइन्छ भनेर खुशी भएकाको खुशी एक घन्टा पनि टिकेन । मानिसहरु निराश भए । सरकार छिनको छिन निर्णय उल्टाएर अरुलाई दोष दिएर उम्कन खोज्यो ।

गृह मन्त्रालयले जारी गरेको सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार