logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ओली प्रचण्ड विवाद चर्किदै, सर्वपक्षीय संमयन्त्र बनाउन मुडमा प्रचण्ड


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले काेराेना बिरुद्ध सरकार एक्लै लडेर मात्रै हल नहुने भन्दै त्याे आवस्यकता बाेध प्रधानमन्त्रीलाई हुन जरुरी भएको बताए । सरकारका कामहरु प्रभावकारी बनाउन सबैले सहयाेग गर्नुपर्ने भन्दै अनियमितता बारे आएका समाचारहरुले आफू सन्तुष्ट नभएको बताए ।

अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल हुने बताएका हुन् ।

बिहीबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा अध्यक्ष प्रचण्डले सवैको सहभागीतामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिने भन्दै त्यसबारे प्रधानमन्त्री केपी ओलीसँग पनि आफुले छलफल गर्ने बताए ।

‘कोरोनाविरुद्धको लडाईं सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सवै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्य खालको संरचनाको कुरा गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘सरकारले बनाएको संरचना ठीक छ । मुख्य जिम्मेवारी महामारी नियन्त्रण गर्ने सरकारकै हो । तर यो समस्याको समाधान गर्नै सवै शक्ति एक ठाउँमा उभिन जरुरी छ ।’

उनले लकडाउनसँग सम्बन्धित सरकारले गरेका निर्णय, पहल र कदमप्रति सन्तुष्ट भएको भन्दै यसका साथै सवैलाई समेटेर लैजान पनि जरुरी रहेको बताए । उनले हालै सम्पन्न सचिवालय बैठकमा औषधी उपकरण लगायतको खरिद प्रक्रियासँग जोडिएर आएका विषयमा गम्भीर छलफल भएको भन्दैै त्यसबारे प्रधानमन्त्री स्वयंमले गम्भीर रहेको बताएको जानकारी दिए ।

उनले यस्तो महामारीका बेला दुई अध्यक्षबीचको भेटघाट पातलिएकोप्रति अन्य सदस्यहरुले चासो राखेको र त्यसक्रममा आफूले पनि प्रधानमन्त्रीसँग आवश्यकताअनुसार ‘म भेट गर्न तयार छु’ भनेको भन्दै त्यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताए ।

उनले सरकारकाले गरेका राम्रा नराम्रा कामको आफू पनि भोग्न तयार रहेको भन्दै स्वास्थ्य सामग्री खरिद,नेपालीहरु अलपत्र परेका विषयमा आफु गम्भिर भएर त्यसको समाधानमा लाग्ने बताए । उनले यसवेला राजनीतिक दाउपेच नगरी मिलेर अघि बढ्नुको विकल्प नभएको दोहोर्याए । ‘यतिवेला फेरि म भन्छु राजनीतिक दाउपेच गर्नुहुन्न, एकता नै गर्नुपर्छ भन्नेमा नै जोड दिन्छु, प्रचण्डको जोड थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार