logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्वारेन्टाइनमा बस्ने यादव पहिलाे सांसद, गृहकाे कडा निर्देशन


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए।

‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन। यससम्बन्धी निर्देशिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ। यसमा ठूलो वा सानो भन्ने हुँदैन। नियमअनुसार सबै क्वारेन्टाइनमा बस्नैपर्छ।’

सीमाबाट आवतजावतलाई थप कडाइ गर्न पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार