राजनीति
काठमाडौँ -नेपाल भ्रमणको क्रममा भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्ने चाहना व्यक्त गरे पछी अहिले मन्त्रीहरु विच वादविवाद नै चलेको छ ।भ्रमणको मिति टुंगो नलागे पनि मोदी चीन भ्रमणपछि नेपाल आउन लागेका हुन् ।मोदी यही वैशखा २८ गते नेपाल आउने भनिए पनि टुंगो लाग्न बाँकी छ ।
प्रधानमन्त्री केपी ओलीसहित केही मन्त्री सम्बोधनको पक्षमा छन् । तर केही मन्त्रीहरूले चाहिँ ‘नाकाबन्दी’का कारण मोदीको छवि नेपालीमाझ राम्रो नरहेकाले उनले संसदमा सम्बोधन नगर्दा ठीक हुने धारणा राखेपछि सम्बोधन गर्ने वा नगर्ने भन्नेमा चाहिँ मन्त्रीहरूबीच विवाद देखिएको हो ।
यद्यपी सरकार भने मोदीले चाहेकै भए संसदमा सम्बोधन गर्न दिने मुडमा देखिएको बताइएको छ ।मोदीले यसअघि ०७१ साउन १९ गते नेपाली संसदलाई केही शब्द नेपाली भाषामै बोलेपछि चर्चामा आएका थिए ।