logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

उपप्रधानमन्त्री सहित ५ जनालाइ हिरासत राख्न माग


  • राजनीति
  • शनिबार, चैत्र २९ २०७६

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेर समान ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत ५ जनालाई  हिरासत राख्न बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीले माग गरेका छन् ।

शनिबार बिहान प्राइम टेलिभिजनकाे ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालासंग कुरा गर्दै उनले यस्ताे माग गरेका हुन । काेराेना महामारी जस्ताे संकटमा पनि सरकार जनताकाे दुख अप्ठ्यारोमा साथ नदिएकाे भन्दै आक्राेस ब्यक्त गरे ।

पत्रकार धमालासंग कुरा गर्दै उनले स्वास्थ्य सामाग्री खरिद गर्दा वास्तविक मुल्यभन्दा कयाैन गुणा बढी मुल्यमा सम्झाैता गरेकाे र आएकाे सामान गुणस्तर हिन भएकाे भन्दै उनले संकटमा जनतालाई साथ दिनु भन्दा लुट्न खाेज्नु दुखद भएको बताए ।

उनले भ्रष्टाचारका प्रमाणहरु नष्ट गर्न सकिने अवस्था भएकाे खण्डमा कानुनतः पक्राउ गरि हिरासत राख्ने ब्यवस्था भएकाे बताए ।

केही समय अगाडि अधिवक्ता त्रिपाठीले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री बिरुद्ध अख्तियारमा उजुरी दिएका थिए । स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उजुरी दर्ता गराएका हुन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी समूहका सञ्चालकविरूद्ध अख्तियारमा उजुरी दिएका त्रिपाठीले बताए।

‘कोरोना महामारीले विश्वव्यापी रूपमा गम्भीर संकटको रूप धारण गर्दै गएको अवस्थामा यस सम्बन्धमा पूर्ण रूपमा उदासीन भएर बस्नु नेपाल सरकार र यसका सम्बन्धित निकायका लागि गम्भीर लापरबाहीको विषय भएको हो,’ त्रिपाठीले दायर गरेको रिट निवेदनमा लेखेका छन्, ‘यसबाट सम्बन्धित निकायका पदाधिकारीको बदनियत प्रष्ट थियो।’

विश्व स्वास्थ्य संगठनले महिनौं पहिले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको चेतावनी दिइसक्दा पनि नेपालले यस सम्बन्धमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको आयाततर्फ कुनै चासो नदेखाउनुले पनि यो बदनियतलाई झन् पुष्टि गरेको दाबी उनको रिटमा उल्लेख छ।

न्यूनतम स्वास्थ्य उपकरणको अभावले चिकित्सकहरू बिरामीको परीक्षण गर्न नसक्ने एवं कोरोनाको टेष्टसमेत हुन नसक्ने जटिल मानवीय संकटको अवस्था देखिएको भन्दै रक्षा र स्वास्थ्यमन्त्रीलगायत सबैलाई हिरासतमा लिएर कारबाही गर्न माग गरेका छन्।

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद तथा सार्वजनिक दायित्वको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेकोले निजहरुले आफूविरुद्धको प्रमाणसमेत मेटाउन सक्ने भएकोले अख्तियार दुरुपयोग आयोग ऐनको दफा १६, भ्रष्टाचार निवारण ऐनको दफा ३१ बमोजिम तत्काल हिरासतमा लिई गम्भीर अनुसन्धान तथा तहकिकात गरी अख्तियार दुरुपयोग आयोग ऐनको दफा १८ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मुद्दा समेत दायर गर्न उनले माग गरेका छन्।

त्रिपाठीले इमेलबाट निवेदन पठाएको र उक्त इमेल प्राप्त भएको जानकारी आफूलाई आइसकेको बताए।

यसअघि पनि सोही आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध आयोगमा उजुरी परेको थियो।

विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध उजुरी दिएका थिए। पौड्यालले बुधबार अख्तियारको वेबसाइटमा मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार