logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतीय गाडीलाइ रोक लगाउन नेकपाको माग, कोरोना जोखिम बढ्ने भनाइ


  • राजनीति
  • आइतबार, चैत्र ३० २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले फलफूल ल्याउने नाममा भारती गाडीको आवतजावतले कोरोना जोखिम बढ्न सक्ने भन्दै रोक लगाउन माग गरेको छ । भारतमा कोरोना भाइरस बढिरहेको बेला फलफूल आयातको नाममा भारतीय नम्बर प्लेटका गाडी निर्वाधरुपमा नेपाल प्रवेश गरिरहेका छन् ।

भारतिय नम्वरप्लेटका गाडिहरु भारतबाट दाङमा भित्रीरहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका दाङ सेक्रेटरी भगवानराजले एक प्रेस विज्ञप्ति जारी गरि सरकारले सबै खुल्ला नाका बन्द नगरेका कारण भारतीय विषादीयुक्त, सडेगलेका फलफूल आयातका नाममा निर्वाधरुपमा भारतीय गाडी दाङमा आउँजाउँ गर्नुले कोरोनाको जोखिम बढेको भन्दै उक्त कार्य तत्काल बन्द गरि स्वदेशी उत्पादन, तरकारी बिक्री सहजरूपमा गर्न दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

साथै बिज्ञप्तिमा कोरोनाको निहुँमा सबै क्षेत्रमा देखिएको कालोबजारी, भ्रष्टाचारी, कमिसनखोरी, अनियमितता रोक्न पनि आग्रह गरिएको छ । साथै राहत वितरणको नाममा राजनीतिक दलहरूले आफ्ना आसेपासे इष्टमित्रलाई मात्र पोस्ने काम गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले घोर भत्र्सना गरेको छ । बिहिबार जारी गरिएको विज्ञप्तिमा नाटकीय रूपमा बढि अनर्गल प्रचारबाजीमा होइन वास्तविक रूपमा विपन्न, उत्पीडित दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारहरुको संख्याको आधारमा राहत वितरण गर्न पनि माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार