logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपा माथि धरपकड बढाउदै सरकार

महिलाको महासचिव र युवाको अध्यक्ष गिरफ्तार


  • राजनीति
  • बिहिबार, बैशाख १३ २०७५

काठमाडौँ । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले धरपकड तिब्र बनाएको छ । यसै बिचमा नेकपा निकट महिला संघका माहासचिव तथा पुर्व सभासद् धिरिन्द्रा उपाध्याय र युवा संगठन  योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष विवस राईलाई प्रहरीले  गिरफ्तार गरेको छ ।

अध्यक्ष विवसलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको रेड फोर्सले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन । धिरिन्द्रा उपाध्याय नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँको सेक्रेटरी हुन् । केही दिन यता  राजनैतिक आस्था राखेकै आधारमा नेकपाका समर्थक, शुभचिन्तकहरुलाई समेत प्रहरीले खोज तलासी गरेर गिरफ्तार गर्न थालेको छ ।

यसैबीच सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको भन्दै नेकपाका  उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले विरोध तथा भर्सना  गरेका  छन् ।

 

राजनैतिक आस्था राखेकै आधारमा नेकपाका समर्थक, शुभचिन्तकहरुलाई समेत प्रहरीले खोज तलासी गरेर गिरफ्तार गर्न थालेको छ ।

यसैबीच सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको भन्दै नेकपाका  उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले विरोध तथा भर्सना  गरेका  छन् ।

उनले घरमा बसिरहेका, बाटोमा हिडिरहेका, व्यक्तिगत काम गरिरहेकाहरुलाई पनि प्रहरीले आस्थाकै आधारमा पक्राउ गरेको भन्दै उनले बिरोध जनाएका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार