logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकताको वलमा कोरोनालाइ जितिन्छ भन्दै प्रचण्डको शुभकामना


  • राजनीति
  • सोमबार, बैशाख १ २०७७

cWoIf bfxfn dGtJo JoQm k'iknfn k|lti7fgåf/f ;f]daf/ sLlt{k'/sf] rDkfb]jLdf cfof]lht $) cf}+ k'iknfn :d[lt lbj; sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ विश्वब्यापी फैलिएको कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उनले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गरेका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेका छन् । अध्यक्ष दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार