राजनीति
लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले गरेको ला’ठी प्रहारबाट एक वृद्धा महिलाको ज्या’न गएपछि सप्तरीमा तना’व बढेको छ ।
सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले ला’ठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिला समेत माथि प्रहरीबाट कु’ट’पिट हुँदा एक वृद्धाको ज्या’न गएको स्थानीयले बताएका छन् ।
करिब ११ बजे खड्क नगरपालिका–६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवा माथि प्रह’रीले ला’ठी प्र’हार गरेको थियो । प्रहरीले ला’ठी प्र’हार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीको ला’ठी लागेको थियो ।
प्रहरीको ला’ठी प्रहारकै कारण उनको ज्या’न गएको वडाध्यक्ष भगवतीप्रसाद चौधरीले जानकारी दिएका छन् ।
यता सप्तरी प्रहरीले भने उच्च रक्तचाप समस्याका कारण वृद्धाको मृ’त्यु भएको दावी गरेको छ । घटनास्थलमा ढले’की वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उपचार हुन नसक्ने भन्दै सगरमाथा अञ्चल अस्पताल राजबिराज रेफर गरिएको थियो ।
११ः५० बजे उपचारका क्रममा वृद्धाको मृ’त्यु भएको प्रह’रीको दाबी छ । शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ । बृद्धाको मृ’त्यु’पछि स्थानीय र प्रहरीबीच त’नाब बढेको छ ।
स्थानीयले प्रहरीको गा’डी नि’यन्त्र’णमा लिएका छन् । प्रहरीको कुटाईबाट वृद्धाको मृ’त्यु भएको भन्दै स्थानीयले अहिले त्यहाँ नारावाजी तथा वि’रो’ध गरिरहेको वडाध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी र स्थानीय जनप्रतिनिधि र मृ’त’कका आफन्तबीच छलफल भइरहेको छ ।