logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बाँस्कोटाको घरमा बिस्फोट गराएको भन्दै ३ जना जेल चलान


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

प्रीन्टिङ्ग मेसिन खरिदको ७० करोड कान्डमा मुछिएका पूर्वसूचना,संचार तथा प्रबिधीमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरको गेटमा बम बिस्फोट गराउनेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका लोकन्थलीस्थित मनोरमपार्क नजिक पूर्व बाँस्कोटाको घरको पूर्व पट्टीको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका लक्ष्मण सेठ्ठि, अमृत बहादुर कुमाल र टेक बहादुर बिकलाई जेल चलान गरिएको हो ।

आवश्यक अनुसन्धान पछि भक्तपुर जिल्ला अदालतको चैत ३० गते आदेशल अनुसार उनीहरुलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाइएको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार