राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विरुद्ध वामगठबन्धनको सरकार निर्मम बन्दै गएको छ भने नेकपाले पनि आफ्ना गतिविधिलाई एकपछी अर्को गर्दै तिब्रता दिदै गएको छ । सरकारले राजधानी लगायत मुलुक भरीबाट नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी र धरपकड बढाएको छ । बैशाख १३ गते काठमाडौ बाट युवाको अध्यक्ष बाबुराम राई र महिलाको महासचिव भृकुटी विभिन्न जिल्लाका सेक्रेटरीहरु गिरफ्तार भए पछी नेकपा थप आक्रोशित बन्दै महासचिव विप्लवले बिज्ञप्ती जारी गरि २२ गते नेपाल बन्दको आयोजना गरेकाछन ।
एकातिर सरकारले मुख्य चुनौतीका रुपमा नेकपालाइ लिएको छ भने अर्कोतिर नेकपा वर्तमान सरकारलाई सामाजिक दलालहरुको सरकार भन्दै संघर्षका कार्यक्रमलाई कडा बनाउदै लगेको पछिल्ला घटनाहरुले पुष्टि गरेको छ । नेकपाले संघर्षका कार्यक्रमलाई बढाए सगै सरकार कडा र निर्मम बन्दै गएको देखिएको छ । पछिल्लो समय गृहमन्त्रालयले नेकपा लक्षित नया सुरक्षा रणनीति बनाएको छ । जसलाइ पिआइ प्रोजेक्ट अर्थात पब्लिक इन्फर्मेसन एन्ड इन्भेटिकेशन ट्याक्टिस सहित अगाडी बढ्न लागेको स्रोतको दाबी छ । जसलाइ ब्रीफिङ्ग गर्न प्रहरी महानिरिक्षक आफै प्रदेश स्तरको दौडाहामा जुटेको स्रोतले जनाएको छ। नया सुरक्षा प्रोजेक्ट बैशाखको तेस्रो साता बाट लागू गर्ने मानसिकतामा गृह रहेको बताइएको छ ।