logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१३ दिन थपियाे लक डाउन


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन बैसाख १३ गतेसम्म  थप्ने निर्णय गरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले काेराेना नियन्त्रणमा सबैलाई सहयाेग गर्न अपिल गर्दै १३ दिन सम्म लकडाउन थप्ने निर्णय गरेकाे हाे ।सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेकाे बताइएकाे छ ।

यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

प्रधानमन्त्रीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको भिडिओ कन्फरेन्सका क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए। भारतमा पनि तीन साताका लागि गरिएको लकडाउन अवधि आज सकिएपछि थप्ने निर्णय गरिएकाे हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार