logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपि प्रचण्ड सम्बन्धमा संसय, पार्टी एकता संकटमा


  • राजनीति
  • सोमबार, बैशाख १७ २०७५

पार्टी एकताको लक्ष्य सहित वाम गठबन्धनको गरेका एमाले र माओवादी केन्द्र लाई हिजोको सहमति र समझदारीता अहिले आएर ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ।

प्रतिनिधि र प्रदेशसभा चुनावताका चुनाव जित्नैका लागि पार्टी एकता गर्ने घोषणा गरेपनि अहिले आएर एमाले र माओवादीबीच एकता पश्चात पावर सेयरिङमा मात्र विवाद छैन एकअर्काप्रति संसय बढेको छ।

खासगरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनसँगै अन्य नियुक्तिमा आफ्नो गुटका नेतालाई मात्र स्पेश दिएपछि प्रचण्ड झस्किएका हुन्–एकता पश्चात आफ्नो हालत पनि त्यस्तै हुने त होइन भनेर।

गत वैशाख ९ गते आयोजित कार्यक्रममा मोवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूूहरुले नचाहेर पनि पार्टी एकता भइछाड्ने बताएका थिए, भने ओलीले ‘जुत्ता छोटो भएमा खुट्टा ताछेर’ भएपनि लगाउनुपर्ने बताएका थिए। जुन खिस्साका रुपमा अहिले पनि चर्चित छ।

आइतबार मात्र पार्टी एकताका सुत्राधार भनिएका एमाले नेता वामदेव गौतमले पनि पार्टी एकता के कारणले भइरहेको छैन आफूले थाहा नपाएको र अब तलैबाट पार्टी एकता थाल्नुपर्ने बताएका थिए।उनको भनाईलाई कतिपयले यसरी व्याख्या गर्न थालेका छन्, ‘पार्टी नेतृत्व (एमाले, माओवादी) ले एकता गर्न चाहेको छैन तर, तल्लो तहबाट सुरु गर्नुुपर्याे। दबाब दिनुपर्यो।’

अहिले एमाले माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ठप्पप्रायः भएको छ। पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन्।

असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले माओावदीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार