logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लक डाउन थप कडा बनाउदै, प्रहरीलाई यस्तो निर्देशन


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाईका साथ कार्यान्वयन गराउने भएको छ । सिंहदरबारमा बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले व्यक्तिहरुको आवतजावतलाई कडाई गर्दै प्रहरी प्रशासनबाट कडीकडाई गराउने निर्णय पनि गरेको हो ।

बैठकले बढि भन्दा बढि कोरोना चेकजाँचमा जोड दिने निर्णय गरेको छ । त्यस्तै औषधीजन्य पदार्थ नीजि क्षेत्रबाट आयात गर्दा प्रोत्साहन गर्ने र सरकारले जीटुजीबाट औषधीहरु ल्याउने निर्णय गरेको र प्रकृया पनि अघि बढेको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी

आपूर्तिलाई सहज बनाउन भन्सार नाकालाइ सुरक्षीत र व्यवस्थीत बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वीरगंजस्थीत नारायणी उपक्षेत्रीय अस्पताललाई तत्कालका लागि कोरोना बिशेष अस्पताल बनाउने निर्णय पनि गरेको बिडारीले जानकारी दिए ।

मुलुकको आन्तरिक र अन्तराष्ट्रिय उडानलाई ३० तारिखसम्म स्थगन गर्ने निर्णय बैठकले गरेको छ भने अफगानस्थानमा यूएनमा रहेका कर्मचारीलाई अफगानस्थानको आग्रहमा उपयुक्त ढंगबाट नेपाल ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार