राजनीति
नेपाल प्रहरीले ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा अख्तियारको कार्यालय कंञ्चनपुरका एसपी दानबहादुर कार्की आएका छन्।
यस्तै सुनकाण्डमा मकवानपुरका प्रमुख विकासराज खनाल निलम्बनमा परेपछि उनको ठाँउमा प्रहरी प्रशिक्षणका लोकेन्द्र श्रेष्ठलाई पठाईएको छ।
यस्तै काज सरुवा हुनेहरुमा डम्बरबहादुर विक महानगरीय ट्राफिकबाट धादिङ र धादिङका धु्रबराज राउत अनुसन्धान विमागमा आएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोका जीवन श्रेष्ठ सिरहा प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन्। सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन्। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा रहेका राजन अधिकारी सुनसरी प्रहरी प्रमुखमा काज सरुवा भएका हुन।
त्यस्तै प्रहरीले दुई डिएसपीको पनि काज सरुवा गरेको छ। डिएसपी दधिराम न्यौपाने जिप्रका आछामबाट अपराध अनुसन्धान आएका छन्। उनको ठाँउमा महानगरीय प्रहरी कार्यालयका रूकेश तन्डुकारको काज सरूवा भएको छ।