logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

विप्लवका दाइ जयन्द्र २५ दिन पछी रिहा


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

विद्राेही नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का माइला दाजु जयन्द्र वहादुर चन्द रिहा भएका छन । चैत्र ९ गते ललितपुर बाट गिरफ्तार भएका उनलाइ बैशाख ४ गते रिहा गरेको हो ।

गणातान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला सादा पाेशाकका प्रहरीले पक्राउ गरिएकाे थियाे । नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा चन्दसहित ६ जना नेता कार्यकर्ता रिहा भएका छन् । जिल्ला अदालत ललितपुरकाे आदेशमा अध्यक्ष चन्द सहित ६ जना बिहिबार रिहा भएको खेलकुद महासघले जानकारी दिएको छ ।

महासघका अध्यक्ष जयन्द्र चन्द, महासचिव बिनाेद चन्द ठकुरी, केन्द्रीय सदस्यद्वय कमल आरसी र प्रेम केसी लगाएत अरु २ जना रिहा भएका हुन ।

मुकुकभरका खेलाडी, कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र आम जनता कोरोना भाइरसबिरुद्ध लड्न देशव्यापी सतर्कताका लागि महाअभियानमा लागिरहेको बेला ओली सरकारले न्युनतम समवेदनाको समेत ख्याल नगरी नेकपा नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तार जारीराखिरहेको छ ।

सरकारले बैशाख २ गते पनि नेकपाका ३ नेतालाई पुनः गिरफ्तार गरेको थियो । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर, पार्टीका तत्कालीन रोल्पा जिल्ल इन्चार्ज सन्तोष सुवेदी र पोष्टमान घर्तीमगरलाई दाङ जिल्ला अदालतमा धरौटी बुझाएर रिहाको आदेश भएता पनि प्रहरीले पुन गिरफ्तार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार